PahiloPost

May 25, 2025 | १२ जेठ २०८२

गोरखाको बारपाकमा सिजनल फ्लुः एक जनाको मृत्यु, तीनसय भन्दा बढी बिरामी



रासस

गोरखाको बारपाकमा सिजनल फ्लुः एक जनाको मृत्यु, तीनसय भन्दा बढी बिरामी

गोरखा : गोरखाको बारपाकमा दश दिनदेखि फैलिएको रुघाखोकी र ज्वरो (सिजनल फ्लु)बाट एक बालिकाको मृत्यु भएको छ। 

साविक बारपाक–७ की ३८ महिने बालिका सुप्रिया गुरुङको आज मृत्यु भएको हो। १५ दिनदेखि ज्वरो र निमोनियाबाट पीडित बालिकाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले पुष्टि गरेको छ। 

बारपाक गाउँमा तीन सयभन्दा बढी स्थानीय बासिन्दा बिरामी छन्। बिरामीमध्ये अधिकांश बालबालिकामा निमोनिया देखिएको उपचारमा खटिएका स्वास्थ्यकर्मीले जानकारी दिएका छन्। 

जिल्ला जनस्वास्थ्य कार्यालयका महामारी शाखाका प्रमुख नानीबाबु दानीका अनुसार बारपाक स्वास्थ्य चौकीमा उपचार गर्न आउनेको संख्या दिनहुँ बढ्दो छ। आज मात्रै ८० जनाभन्दा बढीको उपचार गरिएको दानीले बताए। 

बिरामीको संख्या बढ्दै गएपछि प्राथमिक स्वास्थ्य केन्द्र जौवारीबाट दुईजना डाक्टर बारपाक पठाइएको छ। डा विनोद दवाडी र डा सुजाता नगरकोटी मंगलबार बारपाक पुगेर बिरामीको स्वास्थ्य परीक्षणमा खटिरहेका छन्। 

बालिकाको मृत्युको कारण खुलेको छैन। रुघाखोकी, ज्वरो र निमोनिया वा अन्य रोगका कारण बालिकाको मृत्यु भएको हो भन्ने खुलेको छैन। दानीले भने, ‘दश दिनदेखि बारपाकमा सिजनल फ्लुको समस्या देखा परेपछि स्वास्थ्यकर्मी परिचालन गरेका छौं। थप औषधि र स्वास्थ्यकर्मीको टोली बिहीबार परिचालन गछौँ।” रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell