PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

गजराज स्मृती कप फुटबल बिहिबारदेखि



पहिलोपोस्ट

काठमाडौं : प्रथम अन्तर्राष्ट्रिय धावक गजराज जोशीको स्मृतीमा टोखा स्थित भुतखेल खेल मैदानमा गजराज जोशी स्मृती कप फुटबल प्रतियोगीता हुने भएको छ।

बि डिभिजन लिगमा रहेको श्री टोखा भगवती क्लबको आयोजनामा हुने प्रतियोगीतामा २० टिमको सहभागी रहने आयोजकले जनाएको छ।

प्रतियोगीता लिग कम नकआउटको आधारमा सञ्चालन हुने छ। प्रतियोगीताको विजेताले नगद १ लाख सहित उपाधी हात पार्ने छ भने दोस्रो हुनेले ५० हजार पाउनेछ।

यस्तै विधागत उत्कृष्ट खेलाडीहरुले जनही ५–५ हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष राजकाजी श्रेष्ठले बताएका छन।

प्रतियोगीताको सबै तयारी पुरा भएको प्रतियोगीताको सहयोगी संस्था गजराज जोशी ट्रष्टका अध्यक्ष मनिष जोशीले बताएका छन। प्रतियोगीता २० दिन सम्म सञ्चालन हुने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell