PahiloPost

Mar 30, 2026 | १६ चैत्र २०८२

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा डा प्रदीप ढकाल



पहिलोपोस्ट

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा डा प्रदीप ढकाल

काठमाडौं : सरकारले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा डाक्टर प्रदीप ढकाललाई नियुक्त गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्तर्गत रहेको पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा नेपाल लोकतान्त्रिक फोरमका तर्फबाट मन्त्री जितेन्द्र देवले उनलाई नियुक्त गरेका हुन्। 

पूर्वीय दर्शनमा भारतको बनारसस्थित हिन्दु विश्वविद्यालयबाट विद्यावारिधी गरेका ढकाल पूर्वीय दर्शन तथा संस्कृतिका विज्ञ हुन्। हिन्दु धर्म र दर्शनका विषयमा विशेष दख्खल रहेका ढकाल राजनीतिक विषयमा समेत कलम चलाउँदै आएका छन्। 

स्याङ्जामा जन्मिएका ढकाल ४० वर्षका हुन्। पशुपति क्षेत्र विकास कोषको नेतृत्वमा ढकालले कम उमेरमै नेतृत्व गर्ने अवसर प्राप्त गरेका छन्। कोषमा यसअघि डाक्टर गोविन्द टण्डनले नेतृत्व दिएका थिए। उनको कार्यकाल पूरा भएपछि कोषको नेतृत्व खाली थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell