काठमाडौंः राष्ट्रपति विद्या भण्डारी र नेपाल भ्रमणमा रहेका चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङबीच भेटवार्ता भएको छ।
राष्ट्रपति भवन शीतलनिवासमा उनीहरुबीच भेटवार्ता भएको हो। भेटमा उनीहरुबीच दुई देशबीचरहिआएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
भेटमा नेपालका लागि चिनियाँ राजदूत यु होङ, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललगायत सहभागी थिए।