PahiloPost

Jun 24, 2026 | १० असार २०८३

कास्कीका बाढी पीडितलाई ग्यास सिलिन्डर र चुल्हो वितरण



रासस

पोखरा :  कास्कीको माछापुच्छ्रे गाउँपालिका–५, रिभान पात्लेका बाढी पीडितलाई आज ग्याससहितको सिलिण्डर र चुल्हो वितरण गरिएको छ । 

रोटरी क्लव अफ न्युरोडले बाढीवाट पीडित १३ घर परिवारलाई एक एकवटा ग्यास सिलिण्डर र चुल्हो वितरण गरेको वडाध्यक्ष जुमबहादुर गुरुङले जानकारी दिए। 

कास्कीका प्रमुख जिल्ला अधिकारी ताराप्रसाद अधिकारी, संस्थाका अध्यक्ष प्रेमप्रसाद शर्मा, वडाध्यक्ष गुरुङलगायतले करिब ७१ हजार रुपैयाँ बराबरको राहत वितरण गरेका थिए। 

बाढी पीडित परिवारलाई एसओएस वहिनी संस्थालगायतले ४४ बण्डल कर्कटपाता वितरण गरेका छन्। त्यस्तै, खाद्यान्न, लत्ता कपडा, भाडावर्तन पनि बाढी पीडितलाई वितरण गरिएको छ। साउन २४ गते राति हुम्दी खहरे खोलामा आएको बाढी पात्लेगाउँमा पसेर १३ वटा घरलाई पूर्ण क्षति पुर्याएको थियो। रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell