PahiloPost

Jul 20, 2025 | ५ साउन २०८२

बाढीमा परी घाइते भएकाको लागि चलचित्र पत्रकार संघको रक्तदान कार्यक्रम



पहिलोपोस्ट

बाढीमा परी घाइते भएकाको लागि चलचित्र पत्रकार संघको रक्तदान कार्यक्रम

काठमाडौं: चलचित्र पत्रकार संघ नेपालले बाढीका कारण घाइते भएकाहरुको सहयोगार्थ रगत संकलन गरेको छ। बुधबार काठमाडौँमा भएको रक्तदान कार्यक्रममा ८१ जनाले रगतदान गरे।



चलचित्र पत्रकार संघका अध्यक्ष संदिप सापकोटाले दिएको जानकारी अनुसार संकलित रगत बाढी प्रभावित क्षेत्रको स्वास्थ्य केन्द्रमा पुर्‍याइनेछ। भने,’प्रकोपमा परेर रगतको खाँचो परेकाका लागि रगतको अभाव नहोस् भन्ने नै संघको मुख्य उदेश्य हो।‘

 संघ बाढीपिडितका लागि अन्य तरिकाले पनि सहयोग संकलन गर्ने बताएको छ। जसको सुरुवातका लागि गोपीकृष्ण मुभिजको तर्फबाट निकिता पौडेलले दश हजार नगद रुपैंया सहयोग गरेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell