PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

तीन दलको सहमति :  भदौ पाँचसम्म संविधान संशोधन टुंगो लगाउने



आकाश क्षेत्री

तीन दलको सहमति :  भदौ पाँचसम्म संविधान संशोधन टुंगो लगाउने

काठमाडौं : भदौ पाँच गतेभित्र संविधान संशोधनको टुंगो लाग्ने भएको छ। आज बालुवाटारमा सबेको मुख्य तीन दलका शीर्ष नेताको बैठकले यस्तो निर्णय गरेको हो। 

सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीचको बैठकले संविधान संशोधनको टुंगो लगाउने निर्णय गरेको बैठकमा सहभागी नेकपा एमालेका नेता सुवास नेम्बाङले बताए। 

नेता नेम्वाङले भने,  'तीन दलको बैठकले घटीमा भदौ चार र बढीमा पाँच गतेभित्र संविधान संशोधनको टुंगो लगउने निर्णय गरेको छ।'
बैठकमा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल, नेपाली कांग्रेसका नेता शशांक कोइराला लगायतका शीर्ष नेताको सहभागिता थियो। 

प्रदेश र संघ निर्वाचन मंसिर १५ गतेभित्र

 प्रमुख तीन दलबीच आगामी मंसिर १५ गतेभित्र प्रदेश र संघको दुवै चुनाव सम्पन्न गर्ने निर्णय भएको छ। संविधान कार्यान्वयनका लागि मंसिर १५ लाई डेडलाइन मानेर चुनाव सम्पन्न गर्ने सहमति भएको एमाले नेता नेम्बाङले बताए। 

उनका अनुसार निर्वाचन आयोगसँग सल्लाह गरेर निर्वाचनको मिति तय गरिनेछ। नेता नेम्बाङले भने, 'तोकिएको समयमै सबै तहका निर्वाचन सम्पन्न गराउने सहमति भएको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell