PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

प्रदेश २ मा आजदेखि निर्वाचन आचारसंहिता लागू, उम्मेदवारलाई भदौ २१ गतेदेखि मात्र लाग्ने



पहिलोपोस्ट

प्रदेश २ मा आजदेखि निर्वाचन आचारसंहिता लागू, उम्मेदवारलाई भदौ २१ गतेदेखि मात्र लाग्ने

काठमाडौँ: आजदेखि प्रदेश नम्बर २ मा निर्वाचन आचारसंहिता लागू भएको छ। निर्वाचन आयोगको पूर्व सूचना अनुसार आचारसंहिता आजदेखि लागू भएको हो। आचारसंहिता अवधिमा निर्वाचन, निर्वाचन प्रक्रिया र मतादातालाई प्रभावित पार्ने काम गर्न पाइँदैन। 

आयोगले जारी गरेको आचारसंहिता नेपाल सरकार र सरकारका मन्त्रीहरु, सम्वन्धित स्थानीय तह र स्थानीय तहका कर्मचारीलाई लागू हुनेछ। यस्तै, सार्वजनिक संस्थाका कर्मचारी र कार्यालय, सुरक्षा निकाय, निर्वाचनमा संलग्न कर्मचारीलाई पनि आचारसंहिता लागू हुनेछ।

यस्तै, सरकारी तथा निजी क्षेत्रका सञ्चारमाध्यम, निजी तथा गैरसरकारी संस्थालाई पनि निर्वाचन आचारसंहिता लागू हुनेछ। सार्वजनिक पद धारण गरेका व्यक्तिको हकमा पनि निर्वाचन आचारसंहिता लागू हुनेछ। 

निर्वाचनमा भाग लिने उम्मेदवारको हकमा भने भदौ २१ गतेदेखि मात्र आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell