PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

बाढीले प्रहरीकै बासमा क्षति, कहाँ कति क्षति? हेर्नुस् विवरण



पहिलोपोस्ट

बाढीले प्रहरीकै बासमा क्षति, कहाँ कति क्षति? हेर्नुस् विवरण
तस्बिर : फाइल

काठमाडौं: देशका विभिन्न जिल्लामा गएको बाढी-पहिरोमा परेकाको उद्धार र राहत वितरणमा प्रहरी रातदिन खटिएको छ। जनताको रक्षा र सुरक्षामा खटिने प्रहरी पनि बाढीबाट अछुतो भने रहन सकेको छैन।

बाढीका कारण नेपाल प्रहरीका विभिन्न चौकी, प्रभाग र चेकपोष्ट समेत प्रभावित बनेका छन्। मोरङको विराटनगरमा रहेको प्रहरी तालिम केन्द्र रानीको प्रशिक्षार्थी ब्यारेकको पर्खाल बस्न नमिल्ने गरि भत्किएको छ। भवनभित्रका मेसिन तथा अन्य उपकरण समेत काम नलाग्ने भएका छन्।

हातहतियार राख्ने बंकरमा पनि पानी पसेको छ। मोरङको बेलवारी, विराटचोक लगायतका प्रहरी चौकी चर्किएका छन्। चौकीमा रहेका प्रहरीका लत्ता कपडा बगाएको छ।

सुनसरीमा रहेका प्रहरी कार्यलयहरुमामा पनि बाढीले क्षति पुर्‍याएको छ। जिल्ला प्रहरी कार्यालयको पर्खाल भत्किएको छ। क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीको पर्खाल पुरै भत्किएको छ। इलाका प्रहरी कार्यालय सितागंज र प्रहरी चौकी अमरडुब्बाको भन्छाघर पूर्णरुपमा भत्किएको छ।

सप्तरीको तिलाठीमा रहेको प्रहरी चौकीमा पानी पसेकाले अन्यत्र सारिएको छ। इलाका प्रहरी कार्यालय मिर्चौयाको ३० मिटर पर्खाल भत्किएको छ।

पर्साका प्रहरी चौकी सवैठवा, खेस्राह, बुढगाई, सुरक्षा बेस क्याममा बाढीले ५० प्रतिशत क्षति भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ।

बार्दियाको इलाका प्रहरी कार्यालय बगनाहको भवन वर्षापछि भासिएकाले बस्न नमिल्ने अवस्थामा रहेको छ।

बाँकेका इलाका प्रहरी चौकी नरैनापुर, खडैचा, लक्ष्मणपुर, फत्तेपुर, सम्झनाचोक, कालाफाटामा रहेको प्रहरी चौकी डुबानमा परेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell