PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

मालबाहक सवारी चक्रपथ प्रवेशमा रोक लगाउने निर्णय कार्यान्वयन भएन



पहिलोपोस्ट

मालबाहक सवारी चक्रपथ प्रवेशमा रोक लगाउने निर्णय कार्यान्वयन भएन

काठमाडौं: उपत्यकाको जाम व्यवस्थापनका लागि आजदेखि चक्रपथभित्र मालबाहक सवारीलाई पूर्णरुपमा प्रवेश रोक लगाउन प्रहरीले अनुगमन सुरु गरेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा र यातायात व्यवस्था विभागको समन्वयमा आजबाट मालबाहक सवारीलाई पूर्णरुपमा रोक लगाउने भनिए पनि पार्किङको टुङ्गो नहुँदा नियम लागू हुन सकेन।

महाशाखाका एसएसपी लोकेन्द्र मल्लले पहिलोपोस्टसँग भने 'हामीले समिति बनाएका छौं समितिले आजबाट अनुगमन सुरु गर्छ।'

सरकारले असार २८ गतेदेखि बिहान ९ बजेदेखि ११ बजेसम्म चक्रपथभित्र ट्रक, ट्रिपर र मिनी ट्रक चलाउन रोक लगाएको थियो। यस्तै, साँझ ४ बजेदेखि ७ बजेसम्म पनि ती सवारी सञ्चालनमा रोक लगाइएको थियो।

काठमाडौंमा मात्र अहिले ट्रिपर, ट्रकसहित दैनिक १५ सय मालबाहक सवारीसाधन ओहोर–दोहोर गर्दै आएका छन्। नियम पालना भए नभएको अनुगमन गर्न ट्राफिक प्रहरीले चक्रपथ छुने विभिन्न ६ स्थानमा ट्राफिक प्रहरी परिचालन गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell