PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

बसको ठक्करबाट राजधानीमा एक महिलाको मृत्यु



पहिलोपोस्ट

बसको ठक्करबाट राजधानीमा एक महिलाको मृत्यु

काठमाडौं : टोखा नगरपालिका २ स्थित गणेश स्थानमा बसले ठक्कर दिदा एक महिलाको मृत्यु भएको छ। कान्छी भनिने हरिसा डंगोलको उपचारको क्रममा धापासीस्थित ग्रान्डी अस्पतालमा बिहिबार मृत्यु भएको हो।

बुधवार बा २ ख ५५७२ नम्बरको बसले बा ७१ प ७८७१ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाइकल सवार दुवै जना घाइते भएका थिए ।
मोटरसाइकल चालक टोखा २ बस्ने २८ बर्षीय हरिदास डंगोलको भने ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ।

बस चालकालाई भने नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell