PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

भारत पाकिस्तान सीमा क्षेत्रमा दुई देशका सैनिकबीच गोली हानाहान



रासस

भारत पाकिस्तान सीमा क्षेत्रमा दुई देशका सैनिकबीच गोली हानाहान
फोटो श्रोत : indianexpress.com

श्रीनगर : भारत र पाकिस्तानको सीमा क्षेत्रमा दुवै देशका सेनाबीच गोली हानाहान भएको छ। दुवै देशका सैनिकले दुवैतर्फबाट गोली हानेका तर कतैतर्फ मानवीय हताहत भने नभएको जनाइएको छ। 

काश्मिरको लाइन अफ कन्ट्रोलको मान्दर क्षेत्रमा यस्तो गोली हानाहान भएको थियो। उक्त क्षेत्र श्रीनगरबाट करिब १८५ किलोटिटर टाढा पर्दछ। 

सो क्षेत्रमा बुधबार बिहान सबेरै गोली हानाहान सुरु भएको थियो। दुवै देशका सेनाकोतर्फबाट एकले अर्कोलाई ताकेरै गोली हानेको प्राप्त समाचारमा जनाइएको छ। 

एकजना भारतीय रक्षा अधिकारीले भारततर्फ यस आक्रमणबाट कुनै मानवीय क्षति नभएको जानकारी सिन्ह्वा समाचार समितिलाई दिएका छन्। 

गतहप्ता पनि सोही क्षेत्रमा यसैगरी गोली हानाहान भएको थियो। त्यसमा परेर एकजना भारतीय सैनिक र एक सर्वसाधारण महिलाको ज्यान गएको थियो। 

ती भारतीय अधिकारीका अनुसार भारत प्रशासित सो क्षेत्रमा यसवर्ष कम्तीमा पनि ३०० वटा यस्तै गोली हानाहानका घटना भएका छन्। घटनामा केही सर्वसाधारण नागरिकका साथै सैनिकको पनि ज्यान गएको छ। 

यस्ता दोहोरो फायरिङ गर्नेमा भारत र पाकिस्तानले एकले अर्को देशलाई दोषारोपण गर्ने गरेका छन्। रासस\सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell