PahiloPost

Jun 11, 2025 | २९ जेठ २०८२

चार दिने भ्रमण पूरा गरी फर्किए चिनियाँ उपप्रधानमन्त्री याङ



रासस

चार दिने भ्रमण पूरा गरी फर्किए चिनियाँ उपप्रधानमन्त्री याङ

काठमाडौँ : जनगणतन्त्र चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङ नेपालको चार दिवसीय औपचारिक भ्रमण पूरा गरी आज बिहान विशेष विमानबाट बेइजिङतर्फ प्रस्थान गरेका छन्। 

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले बिदाइ गरे। 

नेपाल सरकारको मैत्रीपूर्ण निमन्त्रणामा एक उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार याङ नेपाल भ्रमणमा आएका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग याङले छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

चिनियाँ उपप्रधानमन्त्री वाङले उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार नेतृत्वको नेपाली टोलीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नुका साथै चीन सरकारको सहयोगमा हुने हनुमानढोका दरबारस्थित नौतले दरबारको जीर्णोद्धारको शुभारम्भ पनि गरेका थिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell