PahiloPost

May 2, 2026 | १९ बैशाख २०८३

नेफ्टाले गर्‍यो बाढी पीडितलाई राहत संकलन



पहिलोपोस्ट

नेफ्टाले गर्‍यो बाढी पीडितलाई राहत संकलन

काठमाडौं: चलचित्र प्राविधिक संघ (नेफ्टा)ले बाढी पीडितलाई राहत संकलनमा अभियान सुरु गरे। राहत संकलनको पहिलो दिन बुधवार वागबजार कार्यालय अगाडिदेखि सुरु भएको अभियानको र्‍यालीमा प्राविधिकहरु बाक्लो उपस्थिति रहेको थियो।

चलचित्र विकास बोर्ड निवर्तमान अध्यक्ष राजकुमार राई, निर्देशक मिलन चाम्स, अभिनेत्री करिश्मा मानन्धर, अभिनेता रमेश बुढाथोकी, नेफ्टा अध्यक्ष पुष्कर लामा लगायतको टोलीले बागबजार क्षेत्रमा स्ट्रिट कलेक्सन गरेको हो।



पहिलो दिन ३५ हजार रुपैयाँ संकलन भएको पुस्कर लामाले जानकारी दिए। संकलित रकमलाई प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा बचत गरिने अध्यक्ष लामाले बताए। ‘मानवीय विपतमा एकजुट हुन सिने प्राविधिक पनि सक्रिय हुन्छन् भन्ने सन्देश दिन हामीले अभियान थालेका हौं,’ अध्यक्ष लामाले भने।

जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको सहकार्यमा नेफ्टा राहत अभियानमा जुटेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell