PahiloPost

Jun 24, 2026 | १० असार २०८३

सवै दललाई राहत, उद्धार तथा पुनः स्थापनामा जुट्न प्रचण्डको आह्वान



रासस

सवै दललाई राहत, उद्धार तथा पुनः स्थापनामा जुट्न प्रचण्डको आह्वान

धनुषा :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २ नं प्रदेशमा बाढीका कारण निकै नै क्षति भएकाले सबै दललाई संकल्प लिई राहत र उद्धारमा जुट्न आह्वान गरेका छन्। 

जनकपुर विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष प्रचण्डले यस्ताे समयमा कुनै पनि दलले प्रतिपक्षीको भूमिका निर्वाह नगरी सबै मिलेर बाढीपीडितको उद्धारमा लाग्नुपर्ने बताए।

बुधबार बसेको सर्वदलीय बैठकमा पनि आफूले उनीहरुको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कार्य गर्न आग्रह गरेको जानकारी गराउँदै प्रचण्डले पहाडका जनता पनि सहयोग गर्न आतुर रहेको बताए। 

पहाडमा भूकम्प जाँदा भूकम्पपीडितलाई तराई मधेसका जनताले दिल खोलेर सहयोग गरेको स्मरण गराउँदै उनले तराई मधेसका जनतालाई परेको विपद्को परिस्थितिमा सहयोग गर्न आह्वान गरे। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell