PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

महोत्तरीको सर्पदंश उपचार केन्द्रमा शैया अभाव, भुईँमै राखेर उपचार गराउन चिकित्सक बाध्य



रासस

महोत्तरीको सर्पदंश उपचार केन्द्रमा शैया अभाव, भुईँमै राखेर उपचार गराउन चिकित्सक बाध्य

महोत्तरी । महोत्तरीको बर्दिवासस्थित सर्पदंश उपचार केन्द्रमा बिरामीको संख्यामा वृद्धि भएपछि बिरामीको उपचार गर्न श्ययाको अभाव भएको छ। 

उपचार केन्द्रमा दिनहुँ आठदेखि १० जनासम्म सर्पदंशका बिरामी उपचारको लागि आउने भएपछि उपचार गराउनका लागि श्यया अभाव भएको हो। 

तीनवटा मात्र श्यया रहेको र बिरामीको संख्यामा वृद्धि भएपछि एक श्ययामा दुईजनासम्म बिरामीलाई राखेर उपचार गराउँदै आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। 

सर्पले टोकेर घाइते भएका बिरामीलाई जसोतसो उपचार गरेता पनि गम्भीर प्रकृतिका बिरामीलाई भेन्टिलेटरको अभावमा बचाउन मुस्किल भएको सर्पदंश उपचार केन्द्रका अध्यक्ष कृष्ण देवकोटाले बताए। 

उपचार केन्द्रलाई आधुनिक प्रविधियुक्त उपचार केन्द्रको रुपमा विस्तार गर्न केही दिन पहिले स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेललाई भेटेर जानकारी गराएकाले केही दिनमै यसलाई व्यवस्थित गर्न पहलकदमी हुने आश्वासन दिइएको स्थानीयले बताएका छन्। 

महोत्तरीको प्रकौलीस्थित फस्र्ट राइफल गणको प्राविधिक सहयोगमा सञ्चालित जिल्लाको एकमात्र सर्पदंश उपचार केन्द्रमा सर्लाही, सिन्धुली, धनुषालगायतका क्षेत्रका बिरामीको भीड हुने गरेको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell