PahiloPost

Jun 24, 2026 | १० असार २०८३

कीर्तिपुरमा ‘बाघभैरव जात्रा’ सुरु



रासस

काठमाडौँ :  काठमाडौँको दक्षिण भेगस्थित कीर्तिपुरमा ‘बाघभैरव जात्रा’ सुरु भएको छ। 

प्रत्येक वर्ष भदौ १ गते (सिंह सक्रान्ति) का तिथिमा हुने जात्रामा सहभागी हुन काठमाडौँ तथा आसपास क्षेत्रका भक्तजनको घुईँचो लागेको छ। 

बिहानै बाघभैरवको मूर्तिलाई नजिकैको पोखरीमा विधि पूर्वक स्नान गराएर मन्दिरमा तीनपटक परिक्रमा गराइएको थियो। कीर्तिपुरको वडा नं १ मा पर्ने उक्त क्षेत्रमा परापूर्वकालदेखि नै हुँदै आएको जनविश्वास छ। 

बाघभैरव गुठीले सञ्चालन गर्ने एकदिने जात्रामा कुनै अनिष्ट नहोस् भनेर राँगा, बोका, भेडाको बलिसमेत दिइएको छ। जात्रामा सहभागी भएमा मनले चिताएको पूरा हुने र विभिन्न रोगबाट मुक्त भई सुख, शान्ति प्राप्त हुने जनविश्वास रहेको गुठीका अध्यक्ष रामबहादुर महर्जनले जानकारी दिए। 

दिनभर पूजा गरिएपछि साँझ मूर्तिलाई खटमा राखेर बाजा बजाउँदै नगर परिक्रमा गराई पुनः मन्दिरमा ल्याएपछि जात्रामा आएका भक्तजनलाई प्रसाद वितरणसमेत गरिने छ।

वडा नं १ का अध्यक्ष हर्षमान डंगोलले ‘बाघभैरव जात्रा’ कीर्तिपुरको विशेष संस्कृति भएकाले यसलाई धार्मिक पर्यटनको रुपमा विकास गर्ने र अन्य जात्रा, पर्वको संरक्षण र प्रवद्र्धन गरिने बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell