PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

भेनेजुएलाको जेलमा कैदीबीच भिडन्त, ३७ को मृत्यु



रासस

भेनेजुएलाको जेलमा कैदीबीच भिडन्त, ३७ को मृत्यु

काराकस :  दक्षिणी भेनेजुएलाली राज्य अमेजोनमा रहेको एक जेलमा कैदीहरुबीच भएको हिंसामा परी ३७ कैदीको मृत्यु भएको छ। 

जेलमा रहेका कैदी र प्रहरीबीच भएको झडपमा १४ जना प्रहरी अधिकारी पनि घाइते भएका भेनेजुएलाको महान्यायधिवक्ता जानकारी दिएको छ। अमेजोन राज्यका गभर्नर लिबोरियो गुआरुल्लाले पुइर्टो आयाचुचो सहरमा भएको स घटनाको पुष्टि गरेका छन्। 

घटना के कसरी हुन पुग्यो भन्ने बारेमा अनुसन्धान सुरु भएको जनाइएको छ। भेनेजुएलामा हालका बर्षहरुमा जेलमा हुने गरेका यस्ता घटनाहरुबाट कैयौँको ज्यान गएको छ। 

गत अप्रिलमा यहाँको पूर्वी राज्य एनजोएटगु्इमा रहेको जोसे अन्टोनियो एनजोएटगु्इ राज्यमा रहेको एक जेलमा भएको हिंसामा परी कम्तीमा १२ जनाको मृत्यु हुनुको साथै ११ जना घाइते भएका थिए। 

त्यसैगरी सन् २०१३ को जनवरीमा उत्तरी भेनेजुएलाको उरीबाना जेलमा कैदी सुरक्षा गार्डबीच भएको भडपका परी ६१ जना मारिएका थिए। रासस/सिन्हवा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell