PahiloPost

Jun 24, 2026 | १० असार २०८३

राप्रपा केन्द्रीय समिति बैठक हेटौंडामा सुरु, पार्टी विभाजनबारे समीक्षा हुने



रासस

राप्रपा केन्द्रीय समिति बैठक हेटौंडामा सुरु, पार्टी विभाजनबारे समीक्षा हुने

हेटौँडा : राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय समितिको बैठक आजदेखि हेटौँडामा सुरु भएको छ । 

भदौ ४ गतेसम्म चल्ने बैठकमा संसद्मा दर्ता भएको संविधान संशोधन, क्षेत्र नं २ मा हुने स्थानीय निर्वाचनबारे, आगामी मंसिर महिनाभित्र हुने प्रदेश र केन्द्रीय संसद्को निर्वाचन हुने विषय, मुलुकमा बढ्दै गएको पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी विभाजनको विषयमा समीक्षा गरी छलफल गरिने भएको पार्टीका सहायक महामन्त्री राजाराम बड्तौलाले जानकारी दिए। 

पार्टीको विभाजनलगत्तै हेटौँडामा सञ्चालन हुने विशेष बैठक भएको महामन्त्री बड्तौलाले बताए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell