PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

बाँकेका बाढी प्रभावित क्षेत्रमा विभिन्न रोगको संक्रमण, नियन्त्रणका लागि चिकित्सकको टोली परिचालन



रासस

बाँकेका बाढी प्रभावित क्षेत्रमा विभिन्न रोगको संक्रमण, नियन्त्रणका लागि चिकित्सकको टोली परिचालन

बाँके :  बाँकेका बाढी प्रभावित क्षेत्रहरुमा भाइरल रोगको प्रकोप देखा परेको छ। राप्तीसोनारी, डुडुवा, नरैनापुर र खजुरा गाउँपालिकाका विभिन्न ठाउँमा बाढीबाट विस्थापितलाई ज्वरो, रुघाखोकी, झाडापखालालगायत रोगको संक्रमण फैलिएको हो।

जिल्ला जनस्वास्थ्य कार्यालयले आवश्यक औषधिसहित चिकित्सक र स्वास्थ्यकर्मी विभिन्न प्रभावित क्षेत्रमा परिचालन गरेको जनस्वास्थ्य प्रमुख खिमबहादुर खड्काले जानकारी दिए। 

उनका अनुसार स्थानीय तहअन्तर्गत विभिन्न प्रभावित क्षेत्रमा आठवटा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। राप्ती नदी र विभिन्न खोलामा आएको बाढीले जिल्लाका करिब नौ हजार ५०० परिवार प्रभावित भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ। 

कार्यालयका अनुसार प्रभावित क्षेत्रमा झाडापखाला, ज्वरो आउने, टाउको दुख्ने, आँखा पाक्ने र छालामा खटिराको समस्या बढी देखिएको छ। अहिलेसम्म प्रभावित क्षेत्रका करिब ५०० भन्दा बढी बिरामीको उपचार गरिएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell