PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

क्लब डेजाभूमा 'रनवे परेड'



पहिलोपोस्ट

क्लब डेजाभूमा 'रनवे परेड'

काठमाडौं: ‘रनवे परेड–२०७४’ फेसन शो हुने भएको छ। टच ईन्टरटेन्मेन्ट तथा स्पर्श फिल्म्सले उक्त फेशन शो आयोजना गर्ने घोषणा गरेको हो। कार्यक्रम दरबारमार्गस्थित क्लब डेजाभूमा हुनेछ। फेशन शोको लागि एक साताअघि अडिशन समेत भैसकेको छ।

जोर्डन राजभण्डारीको व्यवस्थापनमा मुड्स लाउञ्जमा सम्पन्न अडिशनमा झन्डै तीन सय जना मोडलहरुले अडिसन दिएका बताइएको छ। अडिशनबाट फेसन शोका लागि १६ जना महिला तथा ११ जना पुरुष मोडलहरु छनोट भएका छन्। फेसन शोको प्रशिक्षणमा व्यस्त रहेका महिला मोडलहरुमा निधि प्रधान, श्रद्धा लामिछाने, अञ्जली लामा, साइमा श्रेष्ठ, उर्मिला श्रेष्ठ, सुमी भट्टराई, निशा केसी, रञ्जु लिम्बु, जावरिया, रीतु पौडेल, मोनिका श्रेष्ठ, यूनिषा केसी, कुसुम देउजा, अस्निका राजभण्डारी, निभा अधिकारी तथा अपेक्षा खड्का रहेका छन्। छनोट भएका पुरुष मोडलहरुमा भने विराट विजय ओझा, अमन प्रधान, विनय मान श्रेष्ठ, सुभाष भट्टराई, प्रज्वल श्रेष्ठ, लक्की खड्गी, रोजेश श्रेष्ठ, अर्पण महर्जन, रिजेन्द्र लाल श्रेष्ठ, सुमन शेर्पाल तथा विधान प्रधान छन्। शोका कोरियोग्राफर अभिनेता एसराज गराचले रहेका छन्।



कार्यक्रममा आधा दर्जन नायिकाहरु शोस्टरको रुपमा सहभागि हुनेछन्। ९ जना डिजाइनरले तयार पारेका पहिरनमा उनीहरु देखिने कोरियोग्राफर गराचले बताए। फेसन शोमा राशी कोइराला, लाजिमा सुब्बा, डीना गुरुङ, कुमारी तामाङ, प्रमिता श्रेष्ठ, पेमा याङ्जी लामा, छिरिङ, ओसिन थापा तथा रबिनद्वारा तयार पारिएका पहिरनहरु प्रदर्शन हुने भएको हो।

भदौ २४ गते शनिवार आयोजना हुने फेसन शोबाट संकलित रकम कान्ति बाल अस्पतालमा उपचाररत रक्त क्यान्सरबाट पीडित तीन वर्षीय बालक प्रत्यूस थापाको उपचार तथा बाढी पीडितलाई हस्तान्तरण गरिने आयोजक संस्थाकी प्रवन्ध निर्देशक विजया शाहले स्पष्ट पारेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell