PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

साफ यू-१५ च्याम्पियनसिप : नेपालको लक्ष्य उपाधि



पहिलोपोस्ट

साफ यू-१५ च्याम्पियनसिप : नेपालको लक्ष्य उपाधि

काठमाडौं : दक्षिण एसियाली फुटबल संघ साफ यू-१५ च्याम्पियनसिप भोलीदेखि नेपालमा सुरु हुँदैछ। घरेलु मैदानमा हुने प्रतियोगितामा उपाधि नै मुख्य लक्ष्य भएको नेपालको प्रशिक्षक सुनिल श्रेष्ठले बताएका छन्।

बिहिबार भएको प्रि म्याच कन्फ्रेरेन्समा बोल्दै नेपाल, भारत र बंगलादेशका प्रशिक्षकले उपाधि जित्नका लागि खेल्ने बताए।

दुई वर्षअघि बंगलादेशमा भएको साफ यू-१६ च्याम्पियनसिपमा बंगलादेशले उपाधि जितेको थियो भने भारत उपविजेता भएको थियो। नेपाल भने सेमीफाइनलमा भारतसँग हारेको थियो। यसअघिका तीन संस्करण यू-१६ लेभलमा भएको थियो। तर एएफसीको प्रतियोगितालाई मध्यनजर गर्दै यस पटकबाट यू-१५ च्याम्पियनसिप हुन लागेको हो।

नेपालले अहिलेसम्म यस प्रतियोगिताको उपाधि जित्न सकेको छैन।

यसपटक घरेलु भूमिमै हुने च्याम्पियनसिप जित्ने नेपालका प्रशिक्षक सुनिल श्रेष्ठले बताए। 'हाम्रो लक्ष्य सेमिफाइनल पुग्ने हो त्यसपछि फाइनल जित्दै उपाधि जित्ने हो।'

श्रेष्ठले तयारी राम्रो रहेको र डिफेन्स र अट्याकमा बढी जोड दिने बताए। यस्तै उनले भारत बलियो टिम रहेको र नेपालको मुख्य प्रतिस्पर्धा नै भारतसँग हुने प्रतिक्रिया दिए। 'भारत स्ट्रोङ छ र हाम्रो फाइट पनि भारतसँगै हो।'

प्रशिक्षक श्रेष्ठले साफ लाई भन्दा पनि एएफसी यू-१६ च्याम्पियनसिप छनोटलाई बढी जोड दिने बताए। 'तयारी राम्रो छ हामी घरेलु मैदानको फाइदा उठाउनेछौँ। एएफसीका लागि तयारी गर्नेछौँ।'

नेपालले पछिल्लो पटक श्रीलंकामा युथ फेस्टिबल प्रतियोगिता खेलेको थियो। त्यसमा कप्तानी गरेका पृथ्वी चोटका कारण अहिले टिममा छैनन् र रोसन राना मगरले नेपालको कप्तानी सम्हाल्नेछन्। कप्तान रोसनले डेढ वर्षदेखि संगै खेलेका खेलाडीहरु रहेको र साफको लागि राम्रो तयारी गरेको बताए।

यस्तै नेपालको समूहमा रहेको भारतका प्रशिक्षक बिनिएनो फर्नान्डेजले च्याम्पियनसिपका लागि आफुहरु तयार रहेको बताए।

'हामीले इजिप्टमा गएर तयारी गरेका थियौँ। एएफसी प्रतियोगिताको लागि एक वर्षदिख तयारी गरिरहेका छौँ। हामी साफ यू-१५ मा आफ्नो बेस्ट दिनेछौँ।'

'यो फुटबल गेम हो जे पनि हुन सक्छ र हामी हरेक म्याच महत्वका साथ खेल्नेछौँ।'

यस्तै फर्नान्डेजले फरक प्रश्नमा नेपाल प्रतियोगिताको फेभरेट टिम भएको र घरेलु टिमलाई सँधै फाइदा हुने बताए। 'नेपाललाई धेरै फाइदा छ तर सबै टिक उत्तिकै राम्रा छन्।'

नेपाल र भारतसँगै समूह बी मा रहेको माल्दिभ्सका प्रशिक्षक मोहम्मेद साजलीले सेमिफाइनल पुग्ने लक्ष्य भएको बताएका छन्।' हामी नेपाल र भारत रहेको कठिन समूहमा छौँ। तर हाम्रो लक्ष्य सेमिफाइनल त्यसपछि फाइनल हो।'

उनले तयारीका लागि दुई महिनाको समय रहेपनि रमजानका कारण साढे तीन हप्ता मात्र तयारी गरेर आएको बताए।

'हाम्रो जनसंख्या थोरै छ तर सबैले फुटबललाई मन पराउँछन् र जुनियर प्रतियोगितामार्पत हामीले राम्रो टिम तयार गरेका छौँ।'

उनले यसअघि एस्टो टर्फमा खेल्दै आएका कारण नेपालमा खेल्न सजिलो हुने बताए।

उपाधि रक्षा गर्ने प्रयासमा बंगलादेश

यता साविक विजेता बंगलादेशसहित श्रीलंका र भुटान समूह ए मा छन्। बंगलादेशका प्रशिक्षक मोस्ताफा अनवर परभेजले उपाधि जोगाउन प्रयास गर्ने बताए।

'उपाधि जोगाउनका लागि हामी प्रयसा गर्नेछौँ। हामीलाई अरु टिमको बारे धैरै थाहा छैन। तर हामीले राम्रव तयारी गरेर आएका छौँ।'

उनले यो प्रतियोगिता बंगलादेश फुटबलको लागि महत्वपूर्ण रहेको र बंगलादेशको भविष्य भएको बताए। 'हामी ५ हप्ताको तयारीपछि यहाँ आएका छौँ र टिममा ट्यालेन्टेड खेलाडीहरु छन्।'

यस्तै श्रीलंका र भुटानका प्रशिक्षकले पनि प्रतियोगिताको लागि तयार रहेको र राम्रो प्ररदर्शन गर्ने प्रतिक्रिया दिए।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell