PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

ए मेरो हजुर २को नयाँ गीत 'उकालीमा जाँदा जाँदै'



पहिलोपोस्ट

ए मेरो हजुर २को नयाँ गीत 'उकालीमा जाँदा जाँदै'

काठमाडौं: फिल्म 'ए मेरो हजुर २' को नयाँ गीत सार्वजनिक भएको छ। प्रचार प्रसार तिब्र बनाउन लागिपरेको फिल्म युनिटले 'उकालीमा जाँदा जाँदै' बोलको गीत भिडियोसहित विहिबार युट्युबमार्फत सार्वजनिक गरेको हो।

सार्वजनिक गीतमा बसन्त सापकोटाको शब्द तथा संगीत रहेको छ भने राजेश पायल राई र ईन्दिरा जोशीले स्वर दिएका छन्। गीतको भिडियोलाई कविराज गहतराजको कोरियोग्राफ गरेका हुन्। जसमा कलाकार साम्राज्ञीराज्य लक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत लगायतकाको फिचरिङ रहेको छ। भदौ १६ गतदेखि प्रदर्शनमा आउने फिल्मलाई संजय लामाले खिचेका हुन्।

अभिनेत्री झरना थापाको डेब्यु निर्देशन रहेको फिल्मलाई काठमाडौं, पोखरा र मनाङमा खिचिएको छ। शिव रेग्मीको निर्देशन तथा श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री झरना थापाको मुख्य भूमिका रहेको ‘ए मेरो हजुर’को सिक्वेल फिल्ममा नायिका साम्राज्ञी शाह र सलिनमान बानियाँको मुख्य भूमिका छ।

फिल्म निर्देशनमा पहिलो पटक हात हालेकी झरना भन्छिन्, 'प्रेम कथाको राम्रो प्रतीक बनेको फिल्म हो, ए मेरो हजुर। त्यसैले मेरो फिल्मको प्रेम कथालाई पनि त्यही नाम दिन चाहेँ। पूरै कथा नमिले पनि यो सिक्वेलकै रुपमा आउनेछ।' 

हेर्नुस् सार्वजनिक गीत: 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell