PahiloPost

May 25, 2025 | १२ जेठ २०८२

रुकुमको आठविसकोटमा अज्ञात रोगबाट दुई सयभन्दा बढी बिरामी, स्वास्थ्य चौकीमा औषधि अभाव



रासस

रुकुमको आठविसकोटमा अज्ञात रोगबाट दुई सयभन्दा बढी बिरामी, स्वास्थ्य चौकीमा औषधि अभाव

रुकुम :  रुकुमको आठविसकोट नगरपालिका–३, खदीमा अज्ञात रोगका कारण २ सय भन्दा बढी गाउँले बिरामी परेका छन्। एक सातायता उनीहरु धमाधम बिरामी परिरहेको स्थानीयवासीले जानकारी दिएका छन्। 

टाउको दुख्ने, पेट दुख्ने, हातगोडा दुख्ने, बान्ता हुनेजस्ता लक्षणका कारण गाउँका धेरैजसो बासिन्दा बिरामी परेको स्थानीयवासी कल्पना बुढाथोकीले जानकारी दिइन्। 

बिरामीको अवस्था चिन्ताजनक रहेको छ। स्यालाखदी स्वास्थ्य चौकीमा सामान्य औषधिसमेत नरहेको बुढाथोकीले बताइन्। हालसम्म उक्त प्रकोपबारे पत्ता लाग्न सकेको छैन। 

हरेक दिन बिरामी बढ्दै गएपछि आठविसकोट नगरस्तरीय स्वास्थ्य संस्थाबाट दुईजना स्वास्थ्यकर्मी औषधिसहित त्यसतर्फ पठाएको नगर प्रमुख गोर्खबहादुर केसीले जानकारी दिए। एक÷एक जना स्वास्थ्य सहायक र अहेव भरियासहित औषधि लगेर गएका छन्। 

नगर प्रमुख केसीले तत्काल नियन्त्रणमा ल्याउन नसके महामारी फैलनसक्ने बताए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell