PahiloPost

Jul 20, 2025 | ५ साउन २०८२

६ महिनादेखि थलिएकी रत्नेदेवीको धुर्मुसले गरे उद्धार



पहिलोपोस्ट

६ महिनादेखि थलिएकी रत्नेदेवीको धुर्मुसले गरे उद्धार

कलाकारितालाई निस्क्रिय गरेर समाज सेवामा लागिपरेका सिताराम कट्टेल धुर्मुसेले ६ महिना यता थला परेकी रत्नदेवी माझीको उद्धार गरेका छन्। आगोले पोलेर शारीरिक समस्या भोगिरहेकी सर्लाहीकी माझीलाई कट्टेलले अस्पताल पुर्यााएका हुन्।

लालबन्दी ५ बेतीनी, माझी गाउँकी रत्नेदेवीलाई हाल बर्दिबास जनसेवा अस्पतालमा भर्ना गरिएको बताइएको छ। राहात सामग्री र मेडिकल टोलीसहित सर्लाही लालबन्दी पुगेका धुर्मुसले त्यस क्षेत्रका बाढी पिडितलाई राहात वितरण गरे। सोही क्रममा धुर्मुसले रत्नेदेवीलाई भेटेका हुन्। भने,'राहात सामग्री लिन समेत नसकेको देखेपछि बुझ्दा उनको हात, खुट्टा डढेको थाहा भयो।' उनले रत्नेदेविलाई देख्दा उनले वर्षौँ अघि आफैलाई दालले पोलेर डेढ महिना थलिएको पिडा सम्झिए।



६ महिना अघि लुगाबाट सल्कीएको आगोले रत्नेदेवीको पुरै शरिर डढेपछि सामान्य उपचार भएपनि चरम गरिबीका कारण राम्रो उपचार भएन र उनको हातखुट्टाको नशा समेत खुम्चिदै आएको छ। धुर्मुस सुन्तली फाउण्डेशन, बर्दिबासका होटल व्यवसायी हिरा गौतम र मेडिकल टोलीले संयुक्त रुपमा उनको उपचारका लागि अस्पताल पुर्याएको छ।

धुर्मसले दिएको जानकारी अनुसार खुम्चीएका नशालाई सोझ्याउन अपरेशन गर्नु पर्ने डक्टरले बताएका छन्। 'त्यसका लागि केही दिनमै हामी उनलाई काठमाडौं पठानउछौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell