PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

ग्राण्डीले तीजका लागि स्वास्थ्य परीक्षण प्याकेज ल्यायो, पाँच हजार रुपैयाँमा हुनेछ यो ‘चेकअप’



पहिलोपोस्ट

ग्राण्डीले तीजका लागि स्वास्थ्य परीक्षण प्याकेज ल्यायो, पाँच हजार रुपैयाँमा हुनेछ यो ‘चेकअप’

काठमाडौंः तीजको अवसरमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले तीज विशेष स्वास्थ्य परीक्षण प्याकेज ल्याएको छ।

यो प्याकेजमा ४० वर्षसम्मका महिलाले पाँच हजार एक रुपैँयाँमा स्वास्थ्य परीक्षण गर्न पाउने अस्पतालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

यो प्याकेजमा ब्लड सुगर, सिबिसी,क्रियाटिनीन, लिपिड प्रोफाइल, थाइराइड, युरिन रुटिन, प्याप स्मियर, अल्ट्रासाउण्ड एब्डोमिन, अल्ट्रासाउण्ड ब्रेस्ट, डाक्टर कन्सल्टेसन समावेश छ।
 
४० वर्ष माथिमा महिलाका लागि भने ब्लड सुगर, सिबिसी,क्रियाटिनीन, लिपिड प्रोफाइल, थाइराइड, भिटामिन डी, क्याल्सियम, एसजिओटी, एससीपिटी,युरीक एसिड, अल्कलाइन फोस्फेट, युरीन रुटीन,इसिजी,चेष्ट एक्स रे, अल्ट्रासाउण्ड एब्डोमेन, प्याप स्मियर, बोन मिनरल डेन्सिटोमेट्री, म्यामोग्राफी र डाक्टर कन्सल्टेशन समावेश रहेको छ।

यो प्याकेजका लागि भने ११ हजार ९ सय रुपैयाँ तिर्नुपर्छ। अस्पतालको वेलनेस सेन्टर अन्तर्गत संचालित वुमन्स हेल्थ प्याकेजका लागि तोकिएको शुल्कमा १५ प्रतिशत तीज विशेष छुट सहितको यो योजना भदौं १५सम्म लागू हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell