PahiloPost

Jun 24, 2026 | १० असार २०८३

धनुषामा बाढीले बगायो २५ करोडको माछा 



रासस

धनुषा : बाढीले धनुषामा २५ करोड रुपैयाँ भन्दा बढीको माछा बगाएको छ। बाढीले माछा बगाएपछि किसान मारमा परेका छन्। जिल्लामा दुई हजार ९१ किसानले ९७८ हेक्टरमा माछापालन गर्दैआएका छन्। 

जिल्ला कृषि विकास कार्यालयका प्रमुख प्रदीप ठाकुरका अनुसार प्रारम्भिक तथ्यांकअनुसार ३४० हेक्टर क्षेत्रफलमा रहेको माछा पोखरीमा बाढी पसेर माछा बगाएको छ। 

मत्स्य विकास तथा तालिम केन्द्र जनकपुरका अधिकृत शशिकुमार मिश्रले माछापालन गर्न तयार गरिएका १० लाख साना भुरा र दुई लाख फिंगर माछा बाढीले बगाएको छ। अधिकांश ठाउँमा पोखरीको डिल भत्केर माछा बगेका छन्। 

महेन्द्रनगरका व्यवसायी रामशोभित मुखियाले क्षीरेश्वरनाथ महेन्द्र नगरमा सातवटा माछा नर्सरी, दुईवटा पोखरीमा रहेको माउ माछा र सखुवास्थित ३१ भन्दा बढी पोखरीमा रहेका तयारी माछा बाढीले बगाएको बताए।

उनलाई एक करोडभन्दा बढीको नोक्सानी भएको भएको छ। सबैला नगरपालिकामा १२ बिघामा रहेको कुस्माहा पोखरीको माछासमेत बाढीले बगाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell