PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

साफ यू-१५ च्याम्पियनसिप : नेपालको टिम घोषणा, यस्तो छ अन्य पाँच टोली



पहिलोपोस्ट

साफ यू-१५ च्याम्पियनसिप : नेपालको टिम घोषणा, यस्तो छ अन्य पाँच टोली
फोटो : एन्फा

काठमाडौं : भोलीदेखि सुरु हुने साफ यू-१५ च्याम्पियनसिपका लागि नेपाली यू-१५ टोली घोषणा भएको छ। मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले मिडफिल्डर रोसन राना मगरको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका हुन्।

यसअघिका नियमित कप्तान पृथ्वी चौधरी भने टिममा छैनन्। प्रशिक्षक श्रेष्ठले चोटका कारण पृथ्वी टिममा नरहेको बताए। एएफसी यू-१६ छनोट सम्म रिकभर भएका पृथ्वी टिममा फर्कन सक्ने श्रेष्ठले जानकारी दिए।

नेपाल रहेको समूह बीमा भारत र माल्दिभ्स रहेको छ। नेपालले पहिलो खेलमा आगामी सोमबार माल्दिभ्ससँग खेल्नेछ भने बुधबार भारतसँग प्रतिस्पर्धा गर्नेछ।

 

गोलकिपर : रोहित कार्की, विशाल सुनार, रोसन थापा

डिफेण्डर : रोसन डोङ, दीपक भण्डारा, सन्जिव अर्याल, निरज चौधरी, रन्दिप पौडेल, अन्जल महर्जन, अशिम गुरुङ, सुवास कार्की

मिडफिल्डर : रोसन थापा मगर (कप्तान), विपिन थापा मगर, कार्लोस बाकारियाम्फ, सुगत खवास, शिशिर लेखी

फरवार्ड : अभिषेक श्रेष्ठ, बिर्जेश चौधरी, रन्जन पुन, दर्शन गुरुङ, आकाश बुढा मगर, निशाल रावाल, अशोक कीर्गिङ

टिम म्यानेजर : रविन्द्र जोशी

प्रशिक्षक : सुनिल श्रेष्ठ

गोलकिपिङ कोच : विकास मल्ल

फिजियो : राजु दाहाल

डेभलपमेन्ट डिरेक्टर : ताकेदा चियाकी

अफिसियल : अच्युत राज घिमिरे

 

यस्ता छन् अन्य टोली







@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell