PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

स्थानीय विकास मन्त्रालयको पुँजीगत खर्च ७८.३१ प्रतिशत



रासस

स्थानीय विकास मन्त्रालयको पुँजीगत खर्च ७८.३१ प्रतिशत

काठमाडौँ :  संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आर्थिक वर्ष २०७३/२०७४ मा पुँजीगत बजेटको ७८.३१ प्रतिशत खर्च गरेको छ । 

गत आर्थिक वर्षमा मन्त्रालयको पुँजीगत बजेट २७ अर्ब ९० करोड ३४ लाख ४२ हजार तोकिएकामा २१ अर्ब ८५ करोड १३ लाख ६९ हजार खर्च भएको बिहीबार आयोजित वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा जनाइएको छ। 

आर्थिक वर्ष २०७२/२०७३ सम्म मन्त्रालयको बेरुजु १२ अर्ब ८२ करोड ११ लाख ६५ हजार रहेकामा आर्थिक वर्ष २०७३/२०७४ मा छ अर्ब ८१ करोड एक लाख ५३ हजार अर्थात् ५३.१२ प्रतिशत बेरुजु फछ्र्यौट भएको छ। 

उपप्रधानमन्त्री विजयकुमार गच्छदारले विकास निर्माणमा आइपरेका समस्या मन्त्रालयस्तरबाट समाधान गर्न नसकिए ठोस रुपमा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा पेश गरिने जानकारी दिए ।

उनले भने,‘मन्त्रालयअन्तर्गतका विभागका कार्यक्रम अब स्थानीय तहमा हस्तान्तरण हुँदैछ, स्थानीय तहमा ती कार्यक्रम सञ्चालन गर्ने संयन्त्र नबनेसम्म सम्बन्धित विभाग वा निकाय ढुक्क भएर बस्न मिल्दैन।’

राष्ट्रिय योजना आयोगका सदस्य चन्द्रकान्त पौडेलले राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकका लागि पठाइने समस्या ठोस रुपमा पठाउन अनुरोध गरे।

मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले वार्षिक समीक्षा बैठकमा वित्तीय प्रगति धेरै देखिने र भौतिक प्रगति कम देखिने समस्या अझै समाधान हुन नसकेको बताए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell