जनकपुरः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनकपुर उपमहानगरपालिका वडा नं.–१८ भोयलका दुई सय बाढी पीडित परिवारलाई राहत सामग्री बितरण गरेका छन्।
अध्यक्ष प्रचण्डले बाढी पीडित परिवारलाई चामल, दाल, तेल, नुन, चिनी, चाउचाउ, बिस्कुटलगायतका खाद्य सामग्री राहतस्वरुप बितरण गरेका हुन्।
अध्यक्ष प्रचण्डले नेपालीलाई दुख्दा सिङ्गो देश एकढिक्का भएको उल्लेख गर्दै बाढीपीडितको दुःखमा साथ दिन आफू जनकपुर आएको बताए।
प्रचण्डले भने, ‘हिजो पहाडमा भूकम्प आउँदा तराई मधेसले दिल खोलेर सहयोग गर्याे। अहिले मधेसमा बाढी आएको छ, मधेस दुःखेको छ। यस्तोबेला पहाडका जनता तपाईँहरुलाई दिल खोलेर सहयोग गर्न आतुर छन्। अहिले सिङ्गो देश तपाईँहरुको पीडाको साथमा छ। सरकार र पार्टीकोतर्फबाट तपार्इँहरुको दुःखमा मल्हम लगाउन हरदम तयार छ। राहत र पुनस्र्थापनामा सत्तापक्ष, प्रतिपक्ष नभनी काम गर्न सबै पार्टीलाई आब्हान गर्दछु।’