PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

भदौ ४ गतेअघि फर्किए राप्रपाले कारबाही फिर्ता गरी पुरानै स्थान दिने



पहिलोपोस्ट

भदौ ४ गतेअघि फर्किए राप्रपाले कारबाही फिर्ता गरी पुरानै स्थान दिने
फोटोः मोहन श्रेष्ठ

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी विभाजनको प्रस्ताव फिर्ता लिन पशुपतिशम्सेर राणा समूहलाई आह्वान गरेको छ। भदौ ४ गतेअघि एकताको पक्षमा उभिए गरिएको कारबाही फिर्ता गरी पहिलेकै ठाउँ र सम्मान दिने पनि पार्टीले बताएको छ। 

बिहबारदेखि हेटौंडामा सुरु भएको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले विभाजनले लाखौं कार्यकर्तालाई चिन्तित बनाएको र यसले पार्टी व्यवस्थालाई नै कमजोर बनाउने भन्दै प्रस्ताव फिर्ता लिन आब्हान गरेको हो। 

बैठकको निर्णयमा भनिएको छ,‘ यस कठिन घडीमा कत्ति पनि बिचलित नभई अझ बढी उत्साहकासाथ पार्टी संगठनको निर्माणमा जुटन केन्द्रीय कार्यसमितिको यो बैठक सबै तहका नेता तथा कार्यकर्ताहरुमा आह्वान गर्दछ।’

उसले पार्टी विभाजन प्रयासका बावजुद राप्रपा आफ्नो बिचार, सिद्धान्त र आदर्शप्रति सदैव अटल र दृढ रहने बताएको छ। 

बैठकले पार्टी विभाजन हुनुमा पार्टीभित्रकै स्वार्थी, सत्तालोभी र आत्मसमर्पणवादी मानसिकता भएका अवसरवादीहरु हतियारका रुपमा प्रयोग भएको आरोप लगाएको छ। 

त्यसैगरी बैठकले कुनै पनि हालतमा राप्रपा फुटाई छाड्ने योजनामा सत्तारुढ दलहरु एवं सम्पूर्ण राज्यशक्ति नै प्रयोग भएको आरोपसमेत लगाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell