PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

अमेरिकी सेनाको हवाई आक्रमणमा लेवनानमा ५९ सर्वसाधारणको मृत्यु



पहिलोपोस्ट

अमेरिकी सेनाको हवाई आक्रमणमा लेवनानमा ५९ सर्वसाधारणको मृत्यु

बेरुत: इश्लामिक स्टेट जिहादी समूहलाई लक्षित गरी सिरियाली शहर राकामा गरिएको अमेरिकी नेतृत्वको हवाई आक्रमणमा परी विगत तीन दिनमा दर्जनौँ सर्वसाधारणको मृत्यु भएको सिरियाली मानव अधिकारवादी संस्थाले बिहीबार जनाएको छ।

‘सिरियाली अब्जरभेटरी फर ह्युमन राइट्स’ले जनाए अनुसार आक्रमणमा २१ बालबालिकासहित ५९ जनाको मृत्यु भएको छ। बिहीबार पनि केही मृतशरीर हवाई आक्रमणबाट भत्केका केही भवनका भग्नाबशेषबाट निकालिएको जनाउँदै सोमबारपछि भएका आक्रमणमा जम्मा ५९ जनाको मृत्यु भएको जनाइएको हो।

संयुक्त राष्ट्रसङ्घका अनुसार जिहादी समूहको तत्कालीन सिरियाली राजधानी भनेर चिनिने राकामा २५ हजार सिरियाली सर्वसाधारण विद्रोहीको नियन्त्रण क्षेत्रभित्र रहेका जनाइएको छ। रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell