PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

लुम्बिनी अञ्चल अस्पतालमा बिरामीको चाप, एउटा बेडमा तीनजना राखेर उपचार



चन्द्रकान्त खनाल

लुम्बिनी अञ्चल अस्पतालमा बिरामीको चाप, एउटा बेडमा तीनजना राखेर उपचार

रुपन्देहीः लुम्बिनी क्षेत्रको पुरानो अस्पताल लुम्बिनी अञ्चल अस्पताल बुटवलमा बिरामीको चाप अत्याधिक बढेसँगै इमर्जेन्सीमा एक बेडमा ३ जना बिरामी राखेर उपचार गर्नु पर्ने बाध्यता भएको छ।

अस्पतालमा प्रकोपजन्य रोगहरु, भाइरल तथा झाडापखालाका बिरामीहरु दैनिक दुई सय ५० जनासम्म आउने गरेको छन। अस्पतालको इमर्जेन्सीमा आकस्मिकका लागि २६ वडा बेड रहेका छन्। तर, बिरामीको संख्या बढेसँगै एकै बेडमा तीन जनासम्म राखेर उपचार गर्नुपर्ने बाध्यता छ।

बेड कम भएकोले उपचारमा समस्या भएको इञ्चार्ज बबिता बजिमियाले बताइन्। उनका अनुसार दैनिक २ सयभन्दा बढी बिरामी आउने गरेका छन्। मौसमा कारण प्रकोपजन्य रोगका बिरामी बढेका छन्। नियमित ओपीडीमा पनि बिरामीको अवस्था उस्तै रहेको लुम्बिनी अञ्चाल अस्पताल प्रशासनले जनाएको छ।

दैनिक ओपीडीमा एक हजारभन्दा बढी बिरामी आउने गरेको अस्पतालको रेकर्डमा छ। अस्पतालमा ३८६ बेड क्षमता भए पनि अहिले २ सयमात्र सञ्चालनमा  छन्। तिमध्ये ७९ बेड प्रसुतिका लागि छुट्याइएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell