PahiloPost

May 25, 2025 | १२ जेठ २०८२

अमेरिकी सैनिक जनरलले भने-उत्तर कोरियासँग शान्तिपूर्ण निकासको सम्भावना छ 



रासस

अमेरिकी सैनिक जनरलले भने-उत्तर कोरियासँग शान्तिपूर्ण निकासको सम्भावना छ 
फोटो श्रोतः scmp.com

चीन :  उत्तर कोरियासँग शान्तिवार्ताको सम्भावना रहेको अमेरिकी उच्च सुरक्षा अधिकारीले बताएका छन्। 

चीन भ्रमणमा रहेका अमेरिकी उच्च सैनिक जनरल जो डनफोर्डले अमेरिकासँग उत्तेजित उत्तर कोरियाली शासकसँग छलफल तथा समस्याको समाधान खोज्ने ‘विश्वसनीय तथा व्यवहारिक सैन्य विकल्प’ रहेको बताए।

उनले अमेरिकाले दक्षिण कोरियासँगको सैन्य अभ्यासलाई रोक्ने कुनै योजना नभएको पनि बताए। अमेरिकाको दक्षिण कोरियासँग भएको संयुक्त सैन्य अभ्यासले चीन तथा उत्तर कोरिया दुवैलाई चिढाएको छ। उनले चिनियाँ सिमाक्षेत्रमा रहेको सैनिक क्षेत्रको भ्रमण गरेका थिए । 

उनले चिनियाँ राष्ट्रपति सि जिन पिङसँगको भेटपूर्व भएको पत्रकारसँगको कुराकानीमा भने,‘मेरा लागि सैन्य विकल्प हुने कुरा अकल्पनीय छ जस्तो लाग्दैन।’ 

उनले भने,‘उत्तर कोरियाली नेता किम जोङ उनलाई ब्यालिस्टक क्षेप्यास्त्र विकास गर्न दिने कुरा कल्पना बाहिरको कुरा हो जसले अमेरिका तथा यस क्षेत्रको सुरक्षामा चुनौति खडा गरिरहनेछ।’

सोलमा दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ–इनले बिहीबार कोरियाली प्रायद्वीपमा युद्ध नहुने बताएका छन्। गत हप्ता दक्षिण कोरियाको भ्रमण गरेका जनरल डनफोर्ड बिहीबार नै जापान जाँदै छन्। जापानमा पनि उनले प्योङयाङका कारण बढेको सुरक्षा चुनौतिका बिषयमा छलफल गर्ने बताइएको छ। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell