PahiloPost

May 2, 2026 | १९ बैशाख २०८३

पलेँटीमा संगीतकार आभाससँग मीना निरौला



पहिलोपोस्ट

पलेँटीमा संगीतकार आभाससँग मीना निरौला

काठमाडौं: पलेंटी संगीत साँझको आउँदो श्रृङ्खलामा गायिका मीना निरौलाले सांगीतीक प्रस्तुती दिने भएकी छिन्। नेपालयले हरेक अङ्ग्रेजी महिनाको अन्तिम शुक्रबार आयोजना गर्ने कार्यक्रममा संगीतकार आभाससँग उनले गीतहरु प्रस्तुत गर्ने भएकी हुन्।

नेपाली फिल्मका गीतहरुमा सक्रिय मीना निरौला झण्डै एक दशक पहिलेदेखि पलेँटीसित आवद्ध रहेकी गायिका हुन्। मीनाले यसअघि गीतकार रत्न शमशेर थापा, किरण खरेल, राममान तृषित, दिनेश अधिकारी र मुर्धन्य संगीतकार अम्बर गुरूङ, शान्ति ठटाल लगायतसँग प्रस्तुती दिइसकेकी छिन्। योपटक उनको पहिलो एकल गायन हुन लागेको हो।

कार्यक्रमको लागि उत्साहित मीना भन्छिन्,‘म संगीतकै लागि काठमाण्डौ भित्रिएकी थिएँ, भाग्यबस् पलेँटीमा स्थान पाएँ। पलेँटी त मेरो घर हो र साथै संगीतको गुरुकुल पनि हो।’ मीनाले वैरागी काईंला, मञ्जुल, दिनेश अधिकारी,श्रवण मुकारुङ र आभासका शब्दहरू रहेका १६ वटा गीत प्रस्तुत गर्नेछिन् ।

यो महिनाको पलेँटी २५ अगष्ट शुक्रवारको साँझ कालिका मार्ग स्थित नेपालयको ’आर’शालामा प्रस्तुत हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell