काठमाडौं : नयाँ शक्ति पार्टीभित्र असन्तुष्ट रहँदै आएका नेताहरुले बृहत ध्रुविकरण केन्द्रीय संयोजन समिति गठन गरेका छन्। देवेन्द्र पौडेलसहितका नेताहरुले यो समिति बनाएका हुन्।
नयाँ शक्ति पार्टीका सहसंयोजक देवेन्द्र पौडेलको संयोजकत्वमा बनेको समितिले पार्टीलार्इ अन्य राजनीतिक कार्यदिशातर्फ उन्मुख गराउने प्रेस विज्ञाप्तिमा उल्लेख गरिएको छ।
केन्द्रीय कार्यसमितिको बैठकमा अबको राजनीतिक गन्तव्य, कार्यदिशा, स्पष्ट हुनुपर्ने विषयमा मौखिक र लिखित सुझावहरु पार्टी संयोजक बाबुराम भट्टरार्इ पार्टीमा प्रेषित गरी छलफलका लागि हर प्रयत्न गर्दासमेत आलटाल गर्दै राजनीतिक कार्यशाला पार्टी मुख्य नेतृत्व गम्भीर नभएकै कारणले जानीबुझी नयाँ शक्ति पार्टीको कार्यदिशा र अन्य पार्टीको जीवनको विषयमा व्यापक छलफल होला भन्ने उद्देश्यले आफूहरुले यसअघि अपिल जारी गरेको पनि समितिले सार्वजनिक गरेको बताएको छ।
बृहत ध्रुविकरणको आह्वानसहित पत्रकार सम्मेलन गरेपछि नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले पौडेलसहितका १५ जना नेतालार्इ २४ घण्टे स्पष्टिकरण मागेका थिए। साथै नयाँ शक्तिका नेता रामचन्द्र झालार्इ पार्टीबाट निकालासमेत गरेका थिए।
नयाँ शक्तिको शैली ठीक नभएको भन्दै पौडेलसँगै महेन्द्र पासवान, बामदेव क्षेत्री, कुमार पौडेल, मुक्ति प्रधान, पासाङ शेर्पा, सुशीला श्रीपाली, बलावती शर्मा, तिलक थापा, अमरध्वज लामा, वाहिद अनसारी, लाल किरण, शमिर्ली लामा, रत्न राणा र रविन्द्र सुनुवारले साउन २६ गते पत्रकार सम्मेलन गरेर नेतृत्वको आलोचना गरेका थिए।