PahiloPost

Jun 24, 2026 | १० असार २०८३

नेपाल ट्रक यातायात व्यवसायी महासङ्घद्वारा बाढी पहिरोपीडितलाई १५ लाख सहयोग 



रासस

नेपाल ट्रक यातायात व्यवसायी महासङ्घद्वारा बाढी पहिरोपीडितलाई १५ लाख सहयोग 

काठमाडौँ : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले १५ लाख १ हजार १११ प्रदान गरेको छ। 

प्रधानमन्त्री शेरबहादुर देउवालाई महासङ्घका अध्यक्ष अर्जुन रानाभाटले आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेट गरी रकम हस्तान्तरण गरेका हुन्। 

सो अवसरमा प्रधानमन्त्री देउवाले बाढी पहिरोपीडितलाई छिटोभन्दा छिटो राहत पुर्याउन सरकारले प्राथमिकताका साथ आफ्ना संयन्त्र परिचालन गरिरहेको बताए। 

सो अवसरमा महासङ्घका अध्यक्ष रानाभाटले बाढी पहिरोपीडितलाई खाद्यान्नलगायतका सहयोग जारी राख्ने बताउनुभएको महासङ्घले जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell