PahiloPost

Feb 1, 2025 | १९ माघ २०८१

बाढीपीडितलाई सीधै नगद बाँड्ने सरकारको निर्णय, एक जनाले प्रति दिन ७० रुपैयाँ पाउने



सविन ढकाल

बाढीपीडितलाई सीधै नगद बाँड्ने सरकारको निर्णय, एक जनाले प्रति दिन ७० रुपैयाँ पाउने

काठमाडौँ : बाढीप्रभावित क्षेत्रमा पीडितहरुलाई सीधै नगद बाँड्ने सरकारले निर्णय गरेको छ। आज गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री जनार्दन शर्माले पीडितलाई प्रति व्यक्ति दैनिक ७० रुपैयाँ दिने जानकारी दिए। 

'यो ३० दिनका लागि हो', मन्त्री शर्माले भने, 'भोलिदेखि नै पीडितले ७० रुपैयाँ पाउने छन्। यो प्रभावकारी हुनेछ। राहतमा कुहिएको चामल खानुपर्दैन। आफै किनेर खान पाउँछन्।'

उनले गाउँ-गाउँमा पसल भएको र पीडितहरुले किनेर खान सकिने बताए। पसल नहुने स्थानमा खादय सस्थानले बिक्री गर्ने व्यवस्था गर्ने पनि उनले दावी गरे।

बाँकी पुननिर्माण र राहतको लागि पनि काम भइरहेको शर्माले बताए। 'बाढीले क्षति भएका घरको पुननिर्माण केही महिनामा नै गर्छौँ। यो पटक भूकम्पमा जस्तो हुँदैन', उनले भने। 

बाढीबाट अहिलेसम्म १३५ जनाको मृत्यु भइसकेको, ३० जना अझै हराइरहेका र ४० जना घाइते भएको तथ्याङ्क उनले राखे। उनका अनुसार बाढीपहिरोबाट ३० जिल्ला प्रभावित छन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell