PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

अब नर्सिङ र मिडवाइफ्री राष्ट्रिय नीति बन्ने



रासस

अब नर्सिङ र मिडवाइफ्री राष्ट्रिय नीति बन्ने

काठमाडौँ :  सरकारले नर्सिङ र मिडवाइफ्री राष्ट्रिय नीति ल्याउने तयारी गरेको छ। स्वास्थ्य मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालका नर्सिङ विभाग प्रमुख प्राध्यापक गोमा निरौला श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ। 

समितिले केही दिनमा मस्यौदा बनाएर मन्त्रालयमा बुझाउने तयारी गरेको छ। नेपालमा २०१३ सालदेखि नै नर्सिङ शिक्षा सुरु भएको ६१ वर्षे नर्सिङ इतिहासमा अहिलेसम्म कुनै लिखित कानून, ऐन नियम नभएको निरौलाले बताइन्।

नीतिमा नर्सिङ, मिडवाइफ्री र अनमीलगायत विषय समेटिने संयोजक श्रेष्ठले बताइन्। नेपाल नर्सिङ काउन्सिलमा हालसम्म ७२ हजार ६२८ नर्स र अनमी दर्ता भएका छन्। जसमा ४३ हजार ९२४ नर्स, २७ हजार ९२३ अनमी र ८३१ विदेशी नर्स छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell