PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

फिलिपिन्समा लागूऔषधविरुद्धको पछिल्लो कारबाहीमा ३९ जनाको मृत्यु



रासस

फिलिपिन्समा लागूऔषधविरुद्धको पछिल्लो कारबाहीमा ३९ जनाको मृत्यु
फोटो श्रोतः एपी

मनिला:  फिलिपिन्सको राजधानी मनिलामा शुक्रबार मध्यराति प्रहरीले लागूऔषधविरुद्ध गरेको कारबाहीका क्रममा कम्तीमा १४ जना मारिएका छन्। 

फिलिपिन्स सरकारले लागूऔषधविरुद्ध देशभर जारी राखेको कारबाहीका क्रममा बिहीबार पनि २५ जना मारिएका थिए। 

यद्यपि फिलिपिन्स प्रहरीले राजधानी मनिलामा कैयौँ स्थानमा लागूऔषधविरुद्ध कारबाही भएको पुष्टि गरेको छ। तर कारबाहीमा परी भएको हताहतको सङ्ख्या दिइएको छैन । 

तीन दिनभित्रमा भएको प्रहरी कारबाहीमा लागूऔषध संदिग्ध ७२ व्यक्ति मारिएका छन्। फिलिपिन्सको उत्तरी प्रान्त बलुचानमा मात्र ३२ जना मारिएका थिए। 

फिलिपिन्सको राष्ट्रिय प्रहरीले दिएको तथ्याङ्कअनुसार प्रहरीले जारी राखेको कारबाहीका क्रममा सन् २०१६ को जुलाईबाट सन् २०१७ जुन २६ सम्म तीन हजार ४५१ जना मारिएका छन्। कारबाहीका क्रममा अरु करिब ८६ हजार ७०३ जना पक्राउ परेका पनि समाचारमा जनाइएको छ। 

फिलिपिन्सका वर्तमान राष्ट्रपतिले कारबाहीलाई एक राष्ट्रिय अभियानकै रुपमा लिएका छन्। यहाँका लागूऔषध तस्करहरुलाई प्रहरीले देख्नासाथै गोली हानेर मार्न सक्ने अधिकार पाएको छ। 

जुन अधिकारको सर्वत्र विरोध हुने गरेको छ। मानवअधिकारवादीहरुले यसरी दिइएको यस अधिकारबाट कतिपय ठाउँमा सर्वसाधारण नागरिक पनि मारिएका जनाएका छन्। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell