PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

बार्सिलोनामा घाइते भएका मध्ये २५ जना फ्रान्सेली नागरिक



रासस

बार्सिलोनामा घाइते भएका मध्ये २५ जना फ्रान्सेली नागरिक
फोटो श्रोतः एएफपी

पेरिस : स्पेनको बार्सिलोनामा बिहीबार अपराह्न भएको आतङ्ककारी हमलामा परी घाइते भएकामध्ये २६ जना फ्रान्सेली नागरिक रहेका छन्। 

फ्रान्सेली विदेशमन्त्री जेएन भेसले ड्रिआनले २६ जना फ्रान्सेली नागरिक घाइते भएका जानकारी दिएका हुन्। घाइते भएका फ्रान्सेली नागरिकमध्ये ११ जनाको अवस्था गम्भीर रहेको पनि उनले जानकारी दिएका छन्। 

हमलामा परी १३ जनाको ज्यान जानुका साथै करिब १०० जना गम्भीररुपमा घाइते भएका बताइएको छ। यद्यपि गृहमन्त्री जेरार्द कोल्लोम्बले आरटिएल रेडियोलाई दिएको जानकारीअनुसार गम्भीर घाइतेहरुको सङ्ख्या १७ हुन सक्ने अनुमान गरिएको छ। 

स्पेनका गृहमन्त्रीले आतङ्ककारी हमला भएको पुष्टि गर्दै आक्रमणकारीको खोजी भइरहेको बताएका छन्। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले स भयंकर आक्रमणपछि फ्रान्स र स्पेन एक भएको बताएका छन्। 

बिहीबार भएको आक्रमणमा परी फ्रान्स, इटाली, भेनेजुएला, अष्ट्रेलिया, पेरु, अल्जेरिया र चीनका नागरिक मारिनुका साथै घाइते भएका छन्।रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell