PahiloPost

Jun 26, 2025 | १२ असार २०८२

बाढी पहिरोका कारण दश अर्ब रुपैयाँ भन्दा बढीको पशुधनको क्षति



पहिलोपोस्ट

बाढी पहिरोका कारण दश अर्ब रुपैयाँ भन्दा बढीको पशुधनको क्षति

काठमाडौँ :  पशुपन्छी विकास मन्त्रालयले बाढीपहिरोका कारण दश अर्ब रुपैयाँ भन्दा बढीको पशुधनको क्षति भएको  जनाएको छ।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा पशुपन्छी विकासमन्त्री सन्तकुमार थारुले बाढीपहिरोबाट १० अर्ब १७ करोड ८८ लाख प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा पशुधनको क्षति भएको जानकारी दिए ।

मन्लायका अनुसार १ अर्ब ३७ करोड ७८ लाख रुपैयाँ बराबरको पशुधनको क्षति भएको छ। त्यसैगरी पशुजन्य उत्पादनको ३ अर्ब ३७ करोड ८८ लाख प्रत्यक्ष र ३० करोड बराबरको अप्रत्यक्ष रुपमा क्षति भएको छ।

पत्रकार सम्मेलनमा मन्त्री थारुले क्षतिभएका पशुपन्छीको सत्य तथ्य विवरण र आहतमा परेका किसानको समस्या बुझ्न ढिलाइ गर्ने कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिए। 

कति पशुपन्छी क्षति ?
मन्त्रालयका अनुसार बाढीले बगाएर ११९ वटा गाई र ५३ वटा भैसी मरेका छन्। त्यस्तै, बाढीले २९ सय ७० वटा बाख्रा बगाएको छ भने  ७ सय ५५ वटा सुँगुर बगुर बगाएर मरेका छन्।

त्यसैगरी, १ लाख ३३ हजार ८ सय ४५ वटा कुखुरा मरेका छन् भने ३ हजार ३२ वटा गोठ बाढीले बगाएको छ।

बाढीकै कारण २ अर्ब ४० करोड रुपैयाँ बराबरको प्रत्यक्ष तथा ४ अर्ब ८० करोड रुपैयाँ बराबरको अप्रत्यक्ष दुध उत्पादनमा  क्षति भएको मन्लायले जनाएको छ। त्यसैगरी १० करोड १० लाख प्रत्यक्ष तथा १ अर्बको अप्रत्यक्ष रुपमा अण्डा उत्पादनमा क्षति भएको छ।

मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा पशुको उपचार तथा उद्धारका लागि स्वास्थ्यकर्मीको टोली खटाइसकेको जानकारी दिएको छ। 

मरेका पशु तत्कालै व्यवस्थापन गर्न विशेष टोली बाढी प्रभावित क्षेत्रमा पठाइसकेको मन्त्रालयका सचिव युवकध्वज जिसीले जानकारी दिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell