
काठमाडौं : एएफसी एसिया कप छनोटअन्तर्गत जापान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले दोस्रो हार बेहोरेको छ।
शुक्रबार ग्रीन साकाई स्टेडियममा भएको खेलमा नेपाल हानान युनिभर्सिटीसँग ६-० को फरिकलो अन्तरले पराजित भएको हो।
सुरुवाती दुई खेलमा क्रमश: बराबरी र जितको नतिजा निकालेको नेपाल तेस्रो र चौथो खेलमा भने पराजित भएको हो। नेपाल यसअघि अमिटिज स्पोर्ट्स क्लबसँग ५-० ले पराजित भएको थियो।
दश दिने जापान भ्रमणमा नेपालले भोली शनिबार भिसेल कोबको यू-१८ टिमसँग अन्तिम अभ्यास खेल खेल्नेछ।
एएपसी एसियन कप छनोट अन्तर्गत नेपालले आगामी सेप्टेम्वर ५ मा घरेलु मैदानमा ताजिकिस्तानसाग खेल्दैछ।