PahiloPost

Jun 26, 2025 | १२ असार २०८२

देवेन्द्र पौडेलसहित १५ नेता बाबुरामको पार्टीबाट निस्कासित, पार्टी नीतिविपरित काम गरेको आरोप



पहिलोपोस्ट

देवेन्द्र पौडेलसहित १५ नेता बाबुरामको पार्टीबाट निस्कासित, पार्टी नीतिविपरित काम गरेको आरोप

काठमाडौंः नयाँ शक्ति पार्टीले पार्टी नीति विपरित गतिविधि गरेको भन्दै देवेन्द्र पौडेलसहित १५ जनालाई नेतालाई पार्टीबाट निस्कासित गरेको छ।

पार्टी संयोजक डा. बाबुराम भट्टराईले पार्टी नीति र विचार विपरित कार्य गर्दै आएकोमा पटक–पटक यसो नगर्न सचेत गराई रहँदा पनि पार्टी विरोधी गतिविधि गरिरहेको हुँदा पार्टीको सबै जिम्मेवारी र साधारण सदस्यबाटसमेत निस्कासन गरिएको जानकारी दिएका छन्।

निस्कासित हुनेमा देवेन्द्र पौडेल, वामदेव क्षेत्री, कुमार पौडेल, महेन्द्र पासवान, मुक्ति प्रधान, पासाङ शेर्पा, सुशीला शिर्पाली, बलावती शर्मा, तिलक थापा, अमरध्वज लामा, वाहीद अन्सारी, हरि चौलागाईं, शर्मिली तामाङ, रत्न राना र रविन्द्र सुनुवार छन्।

पार्टीभित्र असन्तुष्ट रहँदै आएका नेताहरुले देवेन्द्र पौडेलको संयोजकत्वमा बृहत ध्रुविकरण केन्द्रीय संयोजन समिति गठन गरिसकेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell