PahiloPost

May 7, 2026 | २४ बैशाख २०८३

भारतबाट उद्वार गरी ल्याइएको गैँडा छाडियो निकुञ्जमा 



रासस

भारतबाट उद्वार गरी ल्याइएको गैँडा छाडियो निकुञ्जमा 

चितवन:  भारतबाट उद्धार गरेर ल्याइएको दुर्लभ एकसिंगे गैँंडालाई शुक्रबार चितवन राष्ट्रिय निकुञ्जमा ल्याएर छाडिएको छ। 

केही दिनअघि आएको बाढीले बगाएर भारतको ग्रामीण बस्तीमा पुर्याएको गैँडालाई उद्धार गरी चितवन राष्ट्रिय निकुञ्जको पूर्वी शाखा कार्यालय नजिकैबाट निकुञ्जमा छाडिएको हो। 

अन्दाजी साढे दुई वर्षको जस्तो देखिने पोथी गैँडालाई बाढीले नेपाल भारत सीमाभन्दा ४२ किलोमिटर दक्षिण पूर्वमापर्ने भारतको बगाहा भन्ने स्थानमा फेला पारेर ल्याइएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए। 

भर्खरै माउबाट छुट्टिएको गैँडा भारतको गाउँको घनाबस्तीको बीचमा रहेको उखुबारीमा फेला परेको थियो। योसँगै पाँचवटा गैंडा यसरी बगाएकामा अतिजोखिममा रहेको उक्त गैंडालाई उद्धार गरिएको अर्यालले बताए। 

सो गैंंडालाई डाट गरेर बेहोस बनाई बिहीबार साँझ भारतबाट ट्रकमा राखेर ल्याइएको थियो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell