काठमाडौं : नेपालको ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जिएचसिए) यू-१९ क्रिकेट टिम एमिरेट्स क्रिकेट दुबईसँग टी ट्वान्टी सिरिज खेल्न युएई जाने भएको छ।
जिएचसिएले युएईमा एमिरेट्स टिमसँग ४ टी-ट्वान्टी म्याच खेल्नेछ। सिरिज अगस्ट २३ सम्म चल्नेछ। नेपालको जिएचसिए र एमिरेट्स टिमबीच सबै खेल अजमनस्थित अजमन ओभल ग्राउण्डमा हुनेछ।
ग्रेट हिमालयन क्रिकेट एकेडेमीकै प्रशिक्षण गरेका खेलाडीहरु टुरमा जाने आयोजकले जनाएको छ। नेपालबाट १५ सदस्यीय टोलि दुबई जानेछ। त्यसपछि दुबईको टिमले पनि नेपालको भ्रमण गर्नेछ।
सन् २०१५ मा भारत तथा २०१६ र २०१७ मा बंगलादेशको भ्रमण गरेको जिएचसिए दुबई टुर गर्ने पहिलो नेपाली एकेडेमी समेत बन्नेछ।
युएई जाने जिएचसिए टोलीलाई शुक्रबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्ट, सिनियर क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले बिदाई गरे।
नेपालको युवा खेलाडीलाई अन्तर्राष्टरिय स्तरको फ्यासिलिटी र पूर्वाधारमा खेल्ने अवसर दिने जिएचसिएले विश्वास लिएको छ।
राष्ट्रिय टिमका प्रशिक्षक टमाटाले जिएचसिएले युवा क्रिकेटरको लागि राम्रो अवसर दिएको र यसले नेपाली क्रिकेटलाई फाइदा पुग्ने बताए।
आशुतोष गिरइया (कप्तान), सोहम अर्याल, परिक्षित ढकाल, सौगात दंगाल, रमेश बहादुर खड्का, पुनित कुमार यादव, हर्ष विक्रम अधिकारी, दीपेश पौडेल, विपेन उपाध्याय, अनुभव कार्की, अकुच अधिकारी, आदित्य महाता, अभिसेष थापा मगर
प्रशिक्षक : सुदीप शर्मा
म्यानेजर : तेजेन्द्र राजभण्डारी