PahiloPost

May 25, 2025 | १२ जेठ २०८२

मोदी-देउवा टेलिफोन वार्ताः  भारतले नेपालका बाढीपीडितका लागि २५ करोड बराबरको सहयोग गर्ने



रासस

मोदी-देउवा टेलिफोन वार्ताः  भारतले नेपालका बाढीपीडितका लागि २५ करोड बराबरको सहयोग गर्ने

काठमाडौँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई टेलिफोन गरी नेपालमा हालै आएको बाढी पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै भारत सरकारकातर्फबाट  २५ करोड रुपैयाँ बराबरको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

भारतीय प्रधानमन्त्री मोदीले शुक्रबार साँझ ६ बजे टेलिफोन गरेर बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै परिवारलाई समवेदना व्यक्त गर्नुभएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए।

“भारतीय प्रधानमन्त्रीले बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार र राहत कार्यमा सक्दो सहयोग गर्ने वचन दिनुभयो,” प्रधानमन्त्री देउवाले टेलिफोन वार्तापछि भने। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell