PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

संविधान सशोधनका विषयमा राप्रपाले भदौ ४ पछि निर्णय गर्ने, विपक्षमा बस्न नेतृत्वलाई दवाव



रासस

संविधान सशोधनका विषयमा राप्रपाले भदौ ४ पछि निर्णय गर्ने, विपक्षमा बस्न नेतृत्वलाई दवाव

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधनका विषयमा पुनःविचार गर्ने भएको छ। परिमार्जनसहितको संशोधनलाई समर्थन गर्ने निर्णय गरिसकेको राप्रपाले संशोधनको प्रस्तावका कारण पार्टी विभाजनका क्रममा रहेकाले सो प्रस्तावको समर्थन नगर्ने सम्भावना बढेको प्रवक्ता भुवन पाठकले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

अधिकांश नेताले अहिले पार्टीको एकताका लागि प्रस्तावको विपक्षमा रहन नेतृत्वलाई सुझाएको बताइएको छ। भदौ ४ गते निर्वाचन आयोगले पार्टी विभाजनको विषयमा गर्ने निर्णयपछि बस्ने केन्द्रीय कार्य सम्पादन समितिको बैठकले संशोधनको विपक्षमा निर्णय लिने बताइएको छ।

पार्टी विभाजनको प्रक्रियामा लागेका नेतालाई सो प्रक्रिया छाडेर मूलधारको पार्टीमा फर्कन आग्रह गरिएको प्रवक्ता पाठकले बताए। उनका अनुसार त्यसरी फर्कने नेता तथा पदाधिकारीलाई कारबाही नगरी पूर्ववत् स्थानमा जिम्मेवारी दिइनेछ। 

आगामी असोज २ गते हुने प्रदेश नं २ को स्थानीय तहको तेस्रो चरणमा विभिन्न पार्टीसँग तालमेल गरी आफ्नो सम्भावना नरहेका ठाउँमा अन्य दललाई सहयोग गर्ने तथा सम्भावना भएका स्थानमा अरू दलको सहयोग लिने रणनीति पनि लिइने बताइएको छ। 

राणालाई सत्तारुढ दलले फसाएको आरोप 
राप्रपा अध्यक्ष कमल थापाले राप्रपाका केन्द्रीय सदस्यलाई बन्धक बनाइएको भन्ने आरोपको खण्डन गर्दै पार्टी केन्द्रीय समितिको बैठक जहाँ पनि राख्न सकिने बताएका छन्। 

पार्टी केन्द्रीय समितिको बैठकमा अध्यक्ष थापाले पशुपतिशम्शेर जस्ता पुरानो राजनीतिज्ञलाई गलत कार्य र गतिविधि गर्न नसुहाउँदो विषय हो भन्दै उनलाई सत्तारुढ दलले फसाउने काम गरिरहेको आरोप लगाए । केन्द्रीय समितिका निर्णय यही भदौ ४ गते सार्वजनिक गरिने जनाइएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell