PahiloPost

May 2, 2026 | १९ बैशाख २०८३

बिपीमा अज्ञात रोगवाट चार जनाको मृत्यु, मृत्यु हुनेमा  ६ देखि १४ वर्षका बालवालिका 



पहिलोपोस्ट

बिपीमा अज्ञात रोगवाट चार जनाको मृत्यु, मृत्यु हुनेमा  ६ देखि १४ वर्षका बालवालिका 

धरानः धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अज्ञात रोगवाट ४ बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेहरू सबै ६ देखि १४ वर्षका बालवालिका छन्।

उच्च ज्वरो आउने, रगत छाद्ने, पेट दुख्ने लक्षण देखिएको उपचारमा संलग्न चिकित्सक डा. प्रकाश पौडेलले जानकारी दिए। 

‘ज्वरो आएको हुन्छ, हामीले डाइग्नोसिस गर्न नपाउँदै रगत वान्ता गर्ने, पेट दुख्ने र श्वास फेर्न नसक्ने भई एक–दुई घण्टा मै मृत्यु भइहाल्छ’, डा. पौडेलले भने, ‘हामीले अहिलेसम्म रोगबारे थाहा पाउन सकेका छैनौँ।’

डाक्टर प्रकाशका अनुसार स्क्रबटाइफस, डेंगु, हान्टा भाइरसजस्ता कुनै कमन रोग हुनसक्ने आशङ्का गरिएको छ तर परीक्षण गर्नै नपाई तत्कालै विरामीको मृत्यु हुने भएकाले पत्ता लाग्न नसकेको हो। तर भाइरल हेमोरेजिक फिभर हुने पनि धेरै सम्भावना रहेको डा. पौडेलले बताए।

बालबालिका प्रतिष्ठानको पेडियाट्रिक इमरजेन्सीमा उपचारका लागि ल्याइएका थिए। मृतकहरू राजु कार्की इटहरी–१० सुनसरी, प्रीतिकुमारी चौधरी कन्चनपुर–१० सप्तरी, प्रशान्त राई थोकशिला–९ उदयपुर र विकल्प राई धरान–१७, सुनसरी रहेका प्रतिष्ठानका सूचना अधिकृत सुजेन्द्र तामाङले बताए।

प्रतिष्ठानले काठमाडौंको टेकूस्थित इपिडेमीयोलोजी तथा रोग नियन्त्रण महाशाखालाई यसबारे जानकारी गराएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell