PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

पहिरोमा पुरिएर कङ्गोमा एक सय भन्दा बढीको मृत्यु



रासस

पहिरोमा पुरिएर कङ्गोमा एक सय भन्दा बढीको मृत्यु
फोटो श्रोतः 360nobs.com

कङगो :  कंगोमा गएको पहिरोमा परी मृत्यु हुनेहरुको सङ्ख्या एक सय नाघेको छ। स्थानीय तोरा भन्ने ठाउँमा गएको पहिरोका कारण बिहीबार ४० जनाको मात्रै मृत्यु भएको र अरू एक सय जना हराइरहेको खवर सार्वजनिक भएको थियो। 

कंगोको उत्तरपूर्बी क्षेत्रमा पर्ने इटुरी प्रान्तको लेक अल्बर्ट नजिकै भएको घटनामा परी मृत्यु हुनेहरूको संख्या अझ बढ्नसक्ने सरकारी अधिकारीले बताएका छन्। 

अहिलेसम्म मृत्यु हुनेहरुको सङ्ख्या एक सय नाघेको प्रान्तीय उपप्रमुखले जानकारी दिएका छन्। उनले घाइतेहरूलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको र हराइरहेकाहरूको खोजी भइरहेको बताए। 

पहिरोले प्रभावित गाँउका केही व्यक्तिहरू अहिले पनि सम्पर्कविहीन भएको र केही जीवितै भेटिएको स्थानीयले बताएका छन्। 

पहिरो प्रभावित गाउँ लेक अल्बर्ट नजिकै पर्दछ। तलाउ र पहाडको बीचमा भएकाले त्यस गाउँमा यसअघि पनि पटक पटक पहिरो जाने गरेको समाचारमा जनाइएको छ। रातभर भीषण वर्षा भएपछि पहिरो गएको स्थानीय बासिन्दाले जानकारी दिएका छन्। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell